• शनिबार, साउन ९ २०८३

हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु


मंगलबार, पुष १० २०८०
1.7K
Shares

काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

मङ्गलवार बिहान अबेरसम्म सुतेका बुबा आमा नउठेपछि छोरा बुहारीले  ढोका खोल्दा बुबा आमालाई बेहोस अवस्थामा फेला पारेपछि उनिहरुलाई उपचारका लागि  धुलिखेल अस्पताल  ल्याइएको थियो ।

उपचारका क्रममा लामाको बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लामा दम्पतीले  हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार