• मंगलबार, भाद्र २ २०८३

खोलाले बगाएर बेपत्ता भएका तनहुँका युवक पाँच दिनपछि मृत भेटिए


शनिबार, असार ६ २०७७
725
Shares

तनहुँ । पाँच दिनअघि बेपत्ता युवक मृत भेटिएका छन । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक मृतावस्थामा फेला परेका हुन्।

खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो।

शनिबार बिहान शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार