गोरखा । ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिताकाे उपाधि सिरानचोक गाउँपालिकाले उचालेको छ ।
गोरखा सदरमुकाम स्थित हरमटारी खेलकुद मैदानमा भएको प्रतियोगितामा कुल १६ पदक सहित सिरानचोक प्रथम हुन सफल भएको हो । सिरानचाेकले गत वर्ष पनि प्रतियोगिता जितेको थियो ।
उक्त गाउँपालिकाले ९ स्वर्ण, ५ रजत र २ कास्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
कुल १५ पदक सहित पालुङटार नगरपालिका द्धितिय भएको छ । सो नगरपालिकाले ८ स्वर्ण, ३ रजत र ४ कास्य जितेको छ ।
यस्तै बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरेर ११ पदक सहित तृतिय भएको छ ।
आरुघाट गाउँपालिकाले १३ पदक प्राप्त गरेको छ । उक्त गाउँपालिकाले २ स्वर्ण, ८ रजत र ३ कास्य हात पारेको समितिले जनाएको छ ।
गण्डकी गाउँपालिकाले कुल १२ स्वर्ण जितेको छ । २ स्वर्ण, ७ रजत र ३ कास्य उक्त गाउँपालिकाको नाममा रहेको छ ।
गोरखा नगरपालिकाले २ स्वर्ण र ३ कास्य गरेर ५ पदक जितेको छ । कुल ८ पदक जितेको अजिरकोट गाउँपालिकाले २ स्वर्ण, २ रजत तथा ४ कास्य हात पारेको छ ।
भीमसेन थापा गाउँपालिकाले ५ पदक जितेको छ । १ स्वर्ण, २ रजत, २ कास्य पदक जितेको खेलकुद बिकास समितिले जनाएको छ । शहिद लखन गाउँपालिकाले ३ कास्य मात्र जितेको छ ।
पहिलो पटक मात्र सहभागीता जनाएको चुमनुब्री गाउँपालिकाले १ मात्र रजत जित्न सफल भएको छ । धार्चे गाउँपालिकाले पनि १ कास्य मात्र जितेको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा रत्नलक्ष्मी मा.विको सहआयोजनामा पुस ६ गते भएको प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बिजता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र, ट्रफि समेत प्रदान गरिएको छ । जिल्ला स्तरीय प्रतियोगिता उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा छनोट भएकाे जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्त सिंह बस्न्यातले बताए ।