काठमाडाैँ । किमोलुङ फाउन्डेसन नेपालका संस्थापक तथा अध्यक्ष वाङचुक राप्तेन लामालाई भारतमा सम्मान गरिएकाे छ । भारतकाे उत्तर प्रदेश आर्टिस्ट एकेडेमीले लामालाई यूपिएए अवार्ड २०२३ को ३० औं संस्करणका अवसरमा सम्मान गरेको हाे । ग्रामिण स्वास्थ्य क्षेत्रमा उनको असाधारण योगदानको कदर गर्दै सम्मान गरिएकाे हाे ।
यूपिएए पुरस्कार, सन् २०१८ मा उत्तर प्रदेश कलाकार एकेडेमीद्वारा सुरु गरिएको हाे । शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक लगायत क्षेत्रमा याेगदान गर्ने व्यक्तिहरूलाई एकेडेमीले सम्मान गर्दै आएकाे छ । ३० औँ संस्करण शनिबार सम्पन्न भएको थियो । जसमा उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । मुख्यमन्त्री पाठकले कला, पत्रकारिता र सामाजिक अभियानमा संलग्न व्यक्तिहरूलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे।
सम्मानित हुनेमा जनस्तरमा स्वतन्त्र तबरले नेपाल भारत सांस्कृतिक मैत्री अभियानमा सकृय युवाहरु छन । जसमा समाजसेवा तथा स्वास्थ्यमा वाङचुक राप्तेन लामा र संचार क्षेत्रबाट सरोज ओझाका रहेका छन् । एकेडेमीले भारत, नेपाल लगायतका देशका नागरिकहरुलाई युपिए अवार्डबाट सम्मानित गरेको हाे ।
कार्यक्रममा दिग्गज बलिउड कलाकारदेखी मोडल, सामाजिक अभियन्ता, शिक्षाविद, पत्रकार, खेलकर्मी लगायतका पेशाकर्मीहरुको सहभागीता रहेको थियो ।
उत्तरी गोरखामा स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका लामाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन र प्रसव केन्द्र स्थापनामा सक्रियता देखाएको भन्दै यो पुरस्कार पाएका हुन् । लामाको जन्म गोरखाको चुम्नुब्री गाउँपालिकाको विकट गाउँ छेकम्पारमा भएको थियो ।
किमोलुङ फाउन्डेसन नेपालको स्थापनामा गरेर लामाल अति दुर्गम र हिमाली भेगकाे शिक्षा, स्वास्थ्य सेवा, खाद्य सुरक्षा, र प्रकोप सहायता क्षेत्रमा कृयाशिल छन् । फाउन्डेसनले अहिलेसम्म ८० हजार भन्दा बढी व्यक्तिहरूलाई सेवा दिइसकेकाे जनाएकाे छ ।
यसअघि बलिउडका कलाकार समिर अन्जन, फारुक शैख एवम चर्चित कलाकारहरु अनिल कपुर, रविना टण्डन, राहुल रोयदेखी अब्बास मुस्तान, क्रिकेटर पियुस चावला लगायतले युपिएए अवार्ड प्राप्त गरिसकेकाे एकेडेमीका अध्यक्ष वाकिम खानले बताए ।
किमोलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष लामा केहि समयअघि ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट समेत सम्मानित भएका थिए । वोमन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी लामालाई सम्मान गरेको थियाे ।
याे पनि पढ्नुहाेस्