• शनिबार, साउन ९ २०८३

रोटर्याक्ट दमौलीको अध्यक्षमा रबि अधिकारी सर्वसम्मत


आइतबार, पुष ८ २०८०
14K
Shares

काठमाण्डाैँ । रोटर्याक्ट क्लब अफ दमौलीको अध्यक्षमा रबि अधिकारी चयन भएका छन् । शनिवार सम्पन्न क्लबको ४५५ औँ नियमित बैठकले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

बिगत ८ वर्ष देखि क्लबको विभिन्न पदमा क्रियाशिल अधिकारीले रोटर्याक्ट वर्ष २०२४/०२५ मा नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । रोटा वर्ष २०१६/०१७ मा सदस्य पदबाट रोटर्याक्ट यात्रा थालेका उनले यसअघि कोषाध्यक्ष, क्लब सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।

साथै उनी रोटर्याक्ट डिष्टिकले आयोजना गर्ने धेरै कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।

उनले रोट¥याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार