गोरखा । गोरखामा शुक्रबार थप ५ जनामा कोरोना पुष्टि भएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनमा रहेकाहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
आज पोजेटिभ देखिएका अन्य ६ जना भने कोरोना देखिएर गोरखा अस्पतालमा रहेकाहरु रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजु न्यौपानेले सिभिलखबरलाई बताए ।
यससंगै गाेरखामा संक्रमितकाे संख्या ४० पुगेकाे छ ।