• शनिबार, साउन ९ २०८३

काठमाडौंका विद्यालयले डीआई राख्न नपाउने


शुक्रबार, पुष ६ २०८०
1.3K
Shares

काठमाडौं । अब काठमाडौंमा सञ्चालित विद्यालयहरुले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सबै विद्यालयलाई डीआई नराख्न निर्देशन दिएको हो ।

विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराएको, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पारेको र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएसँगै महानगरले उक्त निर्देशन दिएको हो ।

साथै, महानगरले विद्यालयमा विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गराउन पनि सबै विद्यालयलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार