• शनिबार, साउन ९ २०८३

चार्ल्स विश्वविद्यालयमा एक विद्यार्थीले चलाए अन्धाधुन्द गोली, १४ जनाको हत्या


शुक्रबार, पुष ६ २०८०
1.3K
Shares

युरोपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जना मारिएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक २४ वर्षीय युवकले गोली चलाउँदा भएको घटनामा १४ जना मारिनुका साथै २५ जना घाइते भएका छन् ।

समाचारसंस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । मानविकी सङ्कायमा अध्ययनरत ती विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा भागदौड मच्चिएको थियो ।

ती विद्यार्थीले आफ्नो बुबाको गोली हानी हत्या गरेपछि प्राग विश्वविद्यालयमा गोली चलाएका थिए । चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार