• शनिबार, साउन ९ २०८३

उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि…


बिहिबार, पुष ५ २०८०
1.9K
Shares

पोखरा । काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ ।

बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नम्बर ६५२ को बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको हो ।

 

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको थियो । ढोकासँगै रहेका यात्रुले खोलेको बताइएको छ । यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई प्रहरीले सोधपुछ गरेको छ ।

सँगै यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका छन् । ढोका के कारणले खुलेको हो भन्ने चेकजाँचपछि मात्रै वास्तविक थाहा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार