काठमाडाैँ । सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाजहरु बेच्न आज टेन्डर आह्वान गरेको छ। प्राविधिक रुपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज बेच्न टेन्डर आह्वान गरिएको हो।
यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्
आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा नेपाल एयरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ।
निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।
