• शनिबार, साउन ९ २०८३

मधेस प्रदेशका लागि स्वास्थ्य सेवाका १६० कर्मचारी माग (सूचनासहित)


बिहिबार, पुष ५ २०८०
1.5K
Shares

Blood pressure measuring. Doctor and patient. Isolated on white background. Health care.; Shutterstock ID 89752360; PO: man-at-doctor-stock-TODAY-150608; Client: TODAY digital. Many men can't remember their last doctor visit.

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले स्वास्थ्य सेवाका १६० कर्मचारी माग गरेको छ।

छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो।

आज (बिहीबार) निर्देशनालयले सूचना जारी गर्दै नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, १० जना एमडिजिपी, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, १२ जना बाल रोग विशेषज्ञ, ९ जना स्त्री तथा प्रसूती रोग विशेषज्ञ, १० जना जनरल सर्जन, १० जना जनरल फिजिसियनसहितका कर्मचारी माग गरेको हो।

आठौं तहको लागि १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागिएको छ।

त्यसैगरी निर्देशनालयले सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ भने छैटौं तहमा  ६ जना अप्टोमेट्रिष्ट माग गरेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार