• शनिबार, साउन ९ २०८३

बस र ट्रक ठोक्किँदा बारामा दुवै चालकसहित ३ जनाको मृत्यु

बुधबार, पुष ४ २०८०
1.2K
Shares

बाराको अमलेखगञ्जमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुवै सवारी साधनका चालक र अर्का एक यात्रुले ज्यान गुमाएका प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

गएराति झापाबाट काठमाडौँ आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्ज नजिकै पर्ने तीन नम्बर पुलमा ठोक्किँदा दुर्घटना भएको हो।

गएराति झापाबाट काठमाडौँ आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्ज नजिकै पर्ने तीन नम्बर पुलमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गएराति करिब २ बजे भएको दुर्घटनामा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका- ३ का ४० वर्षीय हरि शम्शेर सुयालकाे मृत्यु भएकाे छ। दुर्घटनामा करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको छ। तर ती पुरुषको भने सनाखत हुन सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार