• सोमबार, साउन ११ २०८३

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३४८ पुग्याे


शुक्रबार, असार ५ २०७७
940
Shares

पाेखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा नवलपरासी पूर्वका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङजाका ६ जना रहेका छन्। 

संक्रमितहरु नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका २ जना पुरुष, बाग्लुङको गल्कोट नगरपालिकाका ६ पुरुष र २ महिला, काठेखोला गाउँपालिकाका ६ पुरुष रहेका छन् ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष रहेका छन्। यसैगरी स्याङजाको कालिगण्डकी गाउँपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार