• शनिबार, साउन ९ २०८३

एनसेल शेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


मंगलबार, पुष ३ २०८०
2.3K
Shares

काठमाडौं – सर्वोच्च अदालतले एनसेलको शेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशको छलफलका लागि आगामी पुस १६ गतेको पेसी तोकेको छ ।

दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका विषयमा निर्णय गर्नुपर्ने भन्दै इजलासबाटै पेसी तोकिएको हो ।

स्वतन्त्र सांसद अमरेस सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा एनसेल आजियाटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार