काठमाडौं । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सञ्चालक समितिका सदस्य शंकर लामिछाने अनसन बसेका छन् । हिजो आइतबार साँझदेखि लामिछाने अनसनमा बसेका हुन् ।
सञ्चालक समिति सबै पक्षसंग समन्वय गर्नुकाे सट्टा आदेशात्मक र नियन्त्रणमा केन्द्रित बनेकाले आफू अनसनमा बस्न बाध्य भएकाे उनकाे भनाई छ । समितिले नीतिगत विकास, कम्पनीकाे हित, सेवा विस्तार, याेजना तथा प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने तर त्यसाे हुन नसकेकाे सदस्य लामिछानेकाे आराेप छ ।
कर्मचारी सञ्चालक प्रतिनिधीहरुकाे निर्वाचनबाट चुनिएर सञ्चालक समिति सदस्य बनेका लामिछानेले १८ महिनाको कार्यकाल सन्ताेषजनक नरहेकाे बताएका छन् । अनसनरत लामिछानेद्धारा सञ्चालक समितिका अध्यक्षलाई लिखित ज्ञापन पत्रमा सञ्चालक समितिकाे ब्यवहार, कार्यशैली र निर्णय कम्पनीकाे भविश्यसंग जाेडिएकाले गम्भिर बन्न आग्रह समेत गरेका छन् ।
त्यस्तै उनले समितिले कम्पनीमा कार्यरत कर्मचारीकाे याेगदानकाे कदर गर्नुकाे सट्टा उपेक्षा गर्ने गरेकाे समेत आराेप लगाएका छन् । नेपाल टेलिकम राज्यकाे उच्च करदाता भएपनि केहि बर्षयता निरन्तर नाफा घट्दै जानु राम्रो संकेत नभएकाे जिकिर गरेका छन् । टेलिकमकाे नाफा घट्दा राज्यको प्रत्यक्ष राजश्व, आयकर, लाभांश, राेयल्टी, फ्रिक्वेन्सी दस्तुर लगायत समेत गुम्दै गएकाे लामिछानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
त्यससंगै संस्थामा कार्यरत कर्मचारीकाे वृत्तिविकास, उत्पादकत्व विकास, सेवाग्राहीका सराेकारवालाका बिषय, श्रम सराेकार, सुशासन लगायतका बिषयमा समेत सञ्चालक समिति गम्भिर नबनेकाे उनकाे आराेप छ । साे बारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत नेतृत्वले निर्णय कार्यान्वयनमा उदासिनता देखाउने गरेकाे पत्रमा भनिएकाे छ ।
हेर्नुस ज्ञापन पत्र