• मंगलबार, असोज १३ २०८३

काेराेना संक्रमितकाे दर बढ्दै : बिहिबार ६७१ मा संक्रमण, २ जनाकाे मृत्यु


बिहिबार, असार ४ २०७७
880
Shares

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना संक्रमण देखीकाे छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई जना काेराेना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन्।

याेसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२ जना पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार