• शनिबार, साउन ९ २०८३

ब्यवसायीलाई गोरखा नगरपालिकाको राहत : करमा २५ प्रतिशत छुट


बिहिबार, असार ४ २०७७
1.3K
Shares

गोरखा । आगामी असार मसान्तसम्म ब्यवसाय कर तिर्नेलाई गोरखा नगरपालिकाले २५ प्रतिशत छुट दिने भएको छ । लामो समय लकडाउन भएका कारण ब्यवसाय प्रभावित बनेको भन्दै गोरखा नगरपालिकाले असार मसान्तसम्म कर बुझाउने ब्यवसायीलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

उपप्रमुख विना कुमारी श्रेष्ठको अध्यक्षतामा बिहिबार नगरपालिकामा भएको राजश्व परामर्श समितिको बैठकले नगरक्षेत्रमा बिभिन्न उद्योग, ब्यवसाय सञ्चालन गर्दै आएका उद्योगी तथा ब्यवसायीलाई राहत स्वरुप करमा २५ प्रतिशत छु दिने निर्णय गरेको हो ।

‘कोरोना र लकडाउनका कारण साडे २ महिना बजार बन्द गर्नुप¥यो, यसबाट ब्यवसायीलाई मर्का परेको छ’ समितिकी संयोजक समेत रहेकी श्रेष्ठले सिभिलखबरसंग भनिन ‘तिर्नुपर्ने ब्यवसायिक कर असार मसान्तसम्म तिर्ने ब्यवसायीलाई २५ प्रतिशत छुट दिने निर्णय गरेका छौ ।’

अघिल्लो साल ब्यवसायीबाट २२ लाख ४२ हजार ९ सय २० कर संकलन गरेको नगरपालिकले यस आर्थिक बर्ष २०७६/७७ मा ३० लाख उठ्ने अनुमान गरेको थियो । त्यसमा जेठ मसान्तसम्म २५ लाख २७ हजार ८ सय ५० रुपैया कर संकलन भइसकेको बताइएको छ ।

त्यस्तै समितिले गत पुष मसान्तसम्म नियमित र धेरै कर तिर्ने ब्यवसायीलाई उत्कृष्ठ करदाताको रुपमा घोषणा गरी सम्मान गर्ने समेत निर्णय गरेको उपप्रमुख श्रेष्ठले बताईन् ।

समितिको बिहिबार कै बैठकले अपाङ्ग र दिर्घ रोगीले सिफारिस लिन आए निशुल्क दिने समेत निर्णय गरेको छ । यसअघि असहाय र जेष्ठ नागरिकलाई मात्रै नगरपालिकाले निशुल्क सिफारिस दिदै आएको थियो ।

बैठकले गरेको निर्णय शुक्रबार बस्ने नगरकार्यपालिका बैठकबाट अनुमोदन हुन भने बाँकी रहेको उपप्रमुख श्रेष्ठको भनाई छ ।

बैठकमा कार्यालयका नि प्रमुख प्रशासकिय अधिकृत, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, नगरपालिकाका राजश्व शाखा प्रमुख, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार