• शनिबार, साउन ९ २०८३

काठमाडौँमा किशोरी बलात्कार आरोपमा गोरखाका देवकाेटा पक्राउ


आइतबार, पुष १ २०८०
3K
Shares

काठमाडाैँ । काठमाडौँस्थित आफ्नै घरमा बस्ने किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखा घर भएका भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा गोरखाकाे अजिरकाेट गाउँपालिका ५ मुच्चाे‍कका देवकाेटालाई प्रहरीले पक्राउ गरेकाे हाे ।  देवकोटालाई एक साताअघि प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

पक्राउ गरेका देवकोटा नेकपा माओवादी केन्द्रका नेता समेत हुन् । हिसिला यमी मन्त्री हुँदा उनि स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडे पनि देवकोटा भने माओवादीमै रहे।

काठमाडौँ महानगरपालिका-३२, पेप्सीकोलास्थित आफ्नै घरमा बस्ने ती किशोरीलाई एक वर्षदेखि बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार