• शनिबार, साउन ९ २०८३

शहिद लखनमा प्रारम्भिक बाल विकास परियोजना संचालन हुने


शुक्रबार, मंसिर २९ २०८०
2.1K
Shares

गोरखा । एकिकरण नेपाल गोरखाले गोरखाको शहिद लखन गाँउपालिकाको ४८ वटा बाल विकास कक्षामा प्रारम्भिक बाल विकास सम्वन्धि परियोजना संचालन गर्ने भएको छ ।

प्लानेट इन्फ्यान्ट्स एण्ड डिभलप्मेन्ट (पि एण्ड डी) फ्रान्सको आर्थिक सहयोग तथा गाँउपालिकासंगको समन्वयमा उक्त कार्यक्रम संचालन गर्न लागेको संस्थाले जनाएको छ ।

हिजो एक कार्यक्रम विच संस्थाले प्रारम्भिक बाल विकास कार्यक्रमको महत्व, उपदेयता, गरिने कृयाकलापहरु लगायत विषयमा अभिमुखिकरण सम्पन्न गरेको छ । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा, कार्यक्रम संयोजक विष्णु चिलुवालले कार्यपत्र प्रस्तुती गरेका थिए ।

उक्त कार्यक्रममा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सवै वडाको वडाध्यक्षहरु, विषयगत शाखाको प्रमुखहरु, कार्यपालिका सदस्य, विव्यस, प्रधानाध्यापक, वाल विकास सहजकर्ता गरी ४० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै पि एण्ड डिको कार्यक्रम सल्लाहकार वुद्धि कुमार श्रेष्ठले वालअवस्थामा झण्डै ९० प्रतिशत भन्दा वढि वालवालिकाको मानसिक विकास हुने हुँदा उक्त अवधिमा वालवालिमा विशेज्ञ लगानी गर्नु पर्ने वताए ।

कार्यक्रमको अध्यक्ष रमेश वावु थापा मगरले गाँउपालिकाले ५ वर्षिय बाल विकास कार्ययोजना विकास गरि सोही वमोजिम पालिकाले समेत थप लगानी गरी वालविकासको कामहरु अगाडी वढाउने वताए । कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगर, शिक्षा अधिकृत राजेन्द्र खनाल लगायत व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार