• शुक्रबार, साउन ८ २०८३

राष्ट्रिय सभाको उम्मेदवार छान्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


शुक्रबार, मंसिर २९ २०८०
1.3K
Shares

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक पुस १२ गतेदेखि बस्नेगरी बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।

शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकको मिति तोकेको हो।

राष्ट्रिय सभामा २० जना रिक्त सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ।

यसअघि पुस १६ देखि महामिति बैठक बोलाएको कांग्रेसले महासमिति स्थगित गरी केन्द्रीय समिति बैठक बोलाएको हो।

महासमिति बैठक अब फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा बस्नेछ।

राष्ट्रिय सभा निर्वाचनको तयारी गर्नुपर्ने कारणले महासमिति बैठक पछि सारेर केन्द्रीय समिति बैठक बोलाइएको नेता विश्वकर्माले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार