चितवन । पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ। बुधबार बिहान सबा चार बजे खसेको पहिरो राति १० बजे पन्छाएपछि सडकमा गाडी गुड्न थालेका हुन्।
बुधबार बिहान इच्छाकामना गाउँपालिका-६, कालिखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। बुधबार दिनभर अवरुद्ध भएर साँझ केहीबेर एकतर्फी रुपमा सञ्चालनमा आएको सडक पुनस् पहिरो खसेपछि अवरुद्ध भएको थियो।
पहिरोले सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बुधबार दिनभर सडकमा अलपत्र परेका थिए। सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।