• शनिबार, साउन ९ २०८३

हिमाल पारी पुग्याे काेराेना, गण्डकीमा थपिए ४२ संक्रमित


बिहिबार, असार ४ २०७७
1.1K
Shares

पोखरा । पहिलोपटक हिमालपारीकाे जिल्ला मनाङमा पनि कोरोना संक्रमित फेला परेका छन्। बिहिबार मनाङमा कार्यरत एक जना सरकारी कर्मचारीमा काेराेना पुष्टि भएको हाे ।

फेला परेका संक्रमित कपिलवस्तु घर भएका सरकारी कर्मचारी रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै बिहिबार नै गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकीमा संक्रमितको संख्या दुई सय ८९ पुगेको प्रदेशको स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता विनोदबिन्दु शर्माले जानकारी दिए।

बिहीबार संक्रमण पुष्टि हुनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखाका ११ जना, तनहुँका १२ जना र मनाङका एक जना रहेका शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार