• शनिबार, साउन ९ २०८३

ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह


मंगलबार, मंसिर २६ २०८०
2K
Shares

काठमाडौँ । नेपाल एलपी ग्यास संघले ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गर्दै बजारमा नेपाल सरकार तथा नेपाल आयल निगम लिमिटेडले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभएर बढी मूल्य लिई बिक्री भइरहेको हुनाले यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

संघले प्रतिसिलिन्डर १,८९५ मात्रै तिरी ग्यास खरीद गर्न र अनिवार्य बिल लिन उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार