गोरखा । गएरातीको बर्षातका कारण गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने पुल भत्किएको छ ।
२०५९ सालमा निर्माण सम्पन्न गरिएको बेलिब्रिज बुधबार राती मर्स्याङ्दी नदीको बाढीका कारण भत्किएको हो ।
पुल भत्किदा सो नाका हुदै गोरखा भित्रिने नागरिकलाई समस्या भएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलले बताए ।

तस्विर : आशिष देवकोटा/पालुङटार