• शनिबार, साउन ९ २०८३

माइनस १६ मा झर्‍यो मनाङको तापक्रम


मंगलबार, मंसिर २६ २०८०
1.8K
Shares

मनाङ- हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिर अन्तिम साता आइपुग्दा तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको हो।

बिहानको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ।

तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनको भनाइ छ। प्रजिअ लामिछानेले भने,‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ छ। सवारीसाधनको आवतजावत न्यून मात्रामा छ। पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ।’ रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार