• शनिबार, साउन ९ २०८३

वैदेशिक राेजगारीमा ठगी: जेठयता ८६१ उजुरी, कारबाही के भयाे ?


मंगलबार, मंसिर २६ २०८०
2K
Shares

काठमाडाैँ ।  देशमा राेजगारीकाे अवसर सृजना हुन नसक्दा पछिल्लाे समय वैदेशिक राेजगारीमा जाने युवाकाे संख्या बढ्दै गइरहेकाे छ । वैदेशिक राेजगारीमा जानेकाे संख्या जति बढ्दैछ, त्यति नै त्यस क्षेत्रमा ठगीकाे घटनामा समेत वृद्धि भइरहेकाे तथ्यांकले बताउछ ।

वैदेशिक राेजगार विभागकाे तथ्यांकलाई केलाउँदा जेठयता मात्रै ८ सय ६१ उजुरी बैदेशिक राेजगारीका क्रममा ठगिएकाे भन्दै परेकाे छ । याे संख्या संस्थागत र ब्यक्तिगत गरेर हाे ।

जसमा जेठ ४ देखि मंसिर २४ मसान्तसम्म गरी सात महिनाको अवधिमा म्यानपावर कम्पनीविरुद्ध २ सय ६९ उजुरी दर्ता भएको छ । विभागका अनुसार ति मध्ये १ सय ६२ उजुरीमा मिलापत्र गराएकाे छ । ठगीकाे प्रकृती हेरेर अनुसन्धानबाट प्रमाणित भई २ करोड ९२ हजारभन्दा बढी रकम क्षतिपूर्ति स्वरुप वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई उपलब्ध गराइएको विभागले जनाएकाे छ ।

यस्तै, यस अवधिमा व्यक्तिगततर्फ ५ सय ९२ उजुरी परेकोमा ६८ वटामा मिलापत्र गराइ २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ । विभागले वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका श्रमिकलाई सहयोग गर्दै आएको छ ।

विभागका अनुसार सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको छ । यस अवधिमा विभागले ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार