वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँ १ घर भई हाल जिल्ला काठमाडौं बाफल बस्ने वर्ष ३४ को लक्ष्मण श्रेष्ठ रहेका छन्।
लक्ष्मणले विवेक पाटकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख ९५ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ।
सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको छ।