• शनिबार, साउन ९ २०८३

अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण पठाउन स्थानीय तहलाई निर्देशन


सोमबार, मंसिर २५ २०८०
1.9K
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै महानगरपालिका/नगरपालिका/गाउँपालिकामा हाल कार्य गरिरहेको स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको २०८० साल श्रावण १ गतेदेखि २०८१ साल आषाढ मसान्तसम्मको तलब भत्ताका लागि कर्मचारी विवरण माग गरेको हो ।

स्वीकृत स्थायी दरबन्दी बाहेकका कर्मचारीको विवरण ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख छ । आज बसेको मन्त्रालयको बैंठकले तोकिएको समयमा विवरण उपलब्ध नगराएमा तलब भत्ता निकाशा गर्न नसक्ने जारी सूचना मार्फत जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार