• शनिबार, साउन ९ २०८३

गोरखामा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५ पुग्यो


बिहिबार, असार ४ २०७७
810
Shares

गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले प्रेस विज्ञप्ती जारी गर्दै गोरखामा ११ जनामा संक्रमण पुष्टी गरेको हो ।

जसमा पालुङटार नगरपालिकाका ७ र शहिद लखन गाउँपालिकाका ४ जना रहेको निर्देशनालयले जनाएको छ । संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेको बताइएको छ ।

पालुङटारमा देखिएका संक्रमितमध्ये वडा नम्बर २ खोप्लाङका २ जना र वडा नम्बर ७ च्यांलीका ५ जना रहेको नगरप्रमुख दिपकबाबु कडेंलले जानकारी दिए ।

उनिहरु २३ दिन अघि भारतबाट पालुङटार आएका थिए । नगरप्रमुख कडेंलका अनुसार १० दिन अघि उनिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन गरी पोखरा लगिएको थियो ।

त्यस्तै शहिद लखन गाउँपालिकामा देखिएका ४ जना संक्रमित वडा नम्बर ८ बुंकोटका रहेको खुलेको छ । उनिहरु वडा नम्बर ७ को शहिद स्मृती मावि बुंकोटमा क्वारेन्टिनमा बसेकाहरु रहेको वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

जेठ १६ गते भारत बाट आएर उनिहरु क्वारेन्टिनमा बसेका थिए । यससंगै गोरखामा संक्रमित संख्या ३५ पुगेको छ । यसअघि देखिएका २४ जनालाई जिल्ला अस्पतालको राखिएको छ ।

त्यस्तै आज देखिएका नयाँ संक्रमितलाई पनि बेलुकासम्ममा जिल्ला सदरमुकामको गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार