• शनिबार, साउन ९ २०८३

वीर अस्पतालले थाल्यो ब्रेन ट्युमर विशेष क्लिनिक सेवा


आइतबार, मंसिर २४ २०८०
1.4K
Shares

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले ब्रेन ट्युमर विशेष क्लिनिक सेवा शुरु गरेको छ । अस्पतालको न्युरो सर्जरी विभाग अन्तर्गत हालै स्थापना गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा शुरु भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

क्लिनिक सेवा साताको दुई दिन सञ्चालन हुनेछ । आइतबार र बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म न्युरो सर्जरी बहिरङ्ग विभागको कोठा नम्बर  ४३१ बाट सेवा लिन सकिने पनि अस्पतालले जनाएको छ ।

साथै राष्ट्रिय न्युरो स्पाइन केन्द्रमार्फत दिइने विशेष न्युरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि साताको दुई दिन आइतबार र बुधबार कोठा नम्बर ४२८ बाट सञ्चालन हुने पनि अस्पतालले जनाएको छ ।

अस्पतालले यी विशेष सेवाहरुले टाउकोको ट्युमर र मेरुदण्डको दुखाइ लगायतका रोगबाट पीडित बिरामीलाई राहत मिल्ने अपेक्षा गरेको पनि उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार