• शनिबार, साउन ९ २०८३

आकाशमा उड्दाउड्दै तारा एयरको इमर्जेन्सी ढोका खसेपछि…


आइतबार, मंसिर २४ २०८०
2K
Shares

काठमाडौँ । लुक्लातर्फ उडेको तारा एयरको कार्गो जहाजको इमर्जेन्सी ढोका खसेको छ । आइतबार काठमाडौँबाट लुक्लातर्फ गएको कार्गो जहाजको इमर्जेन्सी ढोका खसेको नेपाल नागरिक उड्ययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए ।

उनका अनुसार तारा एयरको फ्लाइट नम्बर ११७ र रजिस्ट्रेसन नम्बर ९ एनएलओ जहाज काठमाडौँबाट लुक्लातर्फ साढे ९ मा  उडेको थियो । लुक्लामा १० बजे  अवतरण गरेको थियो ।

जहाज अवतरण गरे पश्चात् चालकदलले आपतकालीन ढोका नरहेको थाहा पाएको भूलले बताए ।

‘सो घटनामा सम्बन्ध वायुयान तथा चालक दललाई तत्काल ग्राउन्डेड गरिएको तथा घटना के कसरी सो सम्बन्धमा प्राधिकरणले गर्ने अनुसन्धान पश्चात् मात्र थाहा हुन्छ,’ उनले भने ।

भूलले यो घटनामा वायुयान, वायुसेवाका कर्मचारी तर्फबाट गम्भीर लापरबाही भएको हुन सक्ने भन्दै अनुसन्धान पश्चात् संलग्न कर्मचारीहरूलाई प्राधिकरणले कडा कारबाही गरिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार