• शनिबार, साउन ९ २०८३

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य : गोरखा अस्पताल


बुधबार, असार ३ २०७७
1.2K
Shares

गोरखा । कोरोना भाइरसबाट संक्रमित भएका २४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ । बिभिन्न पालिकाका क्वारेन्टिनमा रहेकाहरुमा कोरोना संक्रमण देखिएसंगै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २४ जनाकै अवस्था सामान्य रहेको अस्पतालले बताएको हो ।

गोरखा अस्पतालका विशेषज्ञ चिकित्सक डा. सन्तोष बास्तोलाले एक प्रेस विज्ञप्ती जारी गर्दै संक्रमितमध्ये कसैलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिए ।

बुधबार दिउँसो जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘संक्रमितहरुको अवस्था हालसम्म स्थिर छ’

अस्पतालको आइसोलेसनमा हाल पालुङटार घर भई प्रहरी हिरासतमा रहेका १ जना, गण्डकी गाउँपालिकाका ९ जना, गोरखा नगरपालिकाका ७ जना, भिमसेन थापा गाउँपालिकाका ४ जना, बारपाक सुलिकाेटका २ जना र पाँचखाल काभ्रेका १ जना गरी २४ जना रहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ ७७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार