• शुक्रबार, साउन ८ २०८३

मन्त्रिपरिषद् बैठक: जर्मनकाे पाँच अर्ब अनुदान स्वीकार गर्ने, अरु के–के भयाे निर्णय ?

विश्व बैंकबाट १३ अर्ब ऋण लिने तयारी


शुक्रबार, मंसिर २२ २०८०
1.6K
Shares

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले जर्मन सरकारबाट अनुदान वापत प्राप्त हुने ५ अर्ब ९ करोड बराबर नेपाली रकम स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, सोही बैठकले विश्व बैंकबाट प्राप्त हुने १३ अर्ब बराबर ऋण सम्झौतालाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन गरेको छ।

यस्तै भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्‌ले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार