• शनिबार, साउन ९ २०८३

नागढुंगाबाट दुई किलो सुनसहित ३ जना पक्राउ


शुक्रबार, मंसिर २२ २०८०
1.4K
Shares

नागढुंगाबाट प्रहरीले २ केजी सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ,  बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार