काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ५८६ जनाको रिपोर्ट पोजिटिभ आएको बताए।
बुधबार थपिएका संक्रमितमध्ये ४० महिला र ५४६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ ७७ पुगेको छ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।