• शनिबार, साउन ९ २०८३

गोरखा बुंकाेटकी मिर्गाैला पीडित महिलाको उपचारमा आर्थिक अभाव


बिहिबार, मंसिर २१ २०८०
3.4K
Shares

गोरखा । गोरखामा एक मिर्गाैला रोगबाट पीडित महिलाकाे उपचारमा आर्थिक अभाव भएकाे छ । शहिद लखन गाउँपालिका ८ बु‌ंकाेट घर भएकी २८ बर्षिया महिला बिना थापा मगर श्रेष्ठकाे उपचारमा आर्थिक अभाव भएकाे हाे ।

मिर्गाैला रोगबाट पीडित थापा मगरको उपचार खर्च जुटाउनका लागि ‘बिना थापा मगर श्रेष्ठ बचाउँ अभियान’ समिति गठन गरि सहयोगको अपिल गरेको छ ।

४ महिना अघिदेखि दुवै मिर्गाैला फेल भई हाल डाइलोसिस गर्दै आएकाे र उपचार अघि बढाउन आर्थिक अभाव भएकाे  अभियानका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । उनले पिडितकाे उपचारमा सहयोग गरिदिन सबैसँग याचना समेत गरेका छन् ।

मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भएकाले सहयोगको अपिल गरिएको उनको भनाई छ । सहयोग गर्न इच्छुकहरुले प्राइम कर्मसियल बैंकमा रहेको बिरामी बिना थापा मगरको खाता नम्बर ०१९०१०००००००४५४२०१३८ मा सहयोग रकम पठाउन उनले अनुरोध गरेका छन ।

साथै अन्य जानकारी र सहयोगका लागि बिरामी बिनाको फोन नम्बर ९८२४११२९०० सम्पर्क गर्न अनुरोध गरेको छ । सहयोग रकम संकलन भएकाे विवरण र हिसाव पारदर्शी हुने र दाताहरुको नाम र फोटो दैनिक फेसबुक मार्फत प्रकासन गराईने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार