• शनिबार, साउन ९ २०८३

सिरानचोक गाउँपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता


बिहिबार, मंसिर २१ २०८०
1.6K
Shares

गोरखा । सिरानचोक गाउँपालिका स्तरीय चौथो राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

वडा न ७ को बडहरे खेल मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । सो अबसरमा बोल्दै उनले पालिका भित्र एक वडा एक खेलमैदान निमार्ण गरी खेल क्षेत्रको प्रर्वद्धन गर्नु पर्ने बताए ।

प्रतियोगितामा गाउँपालिका भित्रका १५ वटा सामुदायिक विद्यालयका सहभागिता रहेको रहेको छ । १५ विधामा हुने प्रतियोगितामा करिव ४ सय जना ५० विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिका शिक्षा शाखाका स्रोत शिक्षक कृष्ण प्रसाद पोखरेल जानकारी दिए ।

प्रतियोगितामा धेरै सहभागी हुने विद्यालयबाट ४० जना र थोरै सहभागी हुने विद्यालयबाट २२ जना प्रतियोगी रहेको उनले बताए । प्रतियोगिता २१ गते बिहिबार सम्म चल्ने आयोजकले जनाएको छ । मंगलबार भएको प्रतियोगितामा ३ कि।मि दौड, १०० मिटर, ४०० मिटर र सटपुट गरि ८ विद्याको खेल सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा खेलमा उत्कृष्ठ खेलाडीले ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । साथै जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागी पनि छनोट हुने छन् । गाँउपालिका अध्यक्ष ज्ञनेन्द्र गुरुङको अध्यक्षता तथा मुख्य मन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख लिला परियार, गाँउपालिका उपाध्यक्ष रिता देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

यस्तै वडा ३ का वडा अध्यक्ष जगदीश ढकालले आफ्नो वडाको विद्यालय महेन्द्रलिला माध्यमिक विद्यालयले पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उपाधि जितेमा १ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा समेत गरेका छन् । कतिपय पालिकाले भने यो प्रतियोगिता सुरु गरेका छैनन् कतै सकिइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार