• शनिबार, साउन ९ २०८३

गैरकानुनी रूपमा युवालाई रूसी सेनामा पठाउने १२ जना पक्राउ

रुसी सेनामा भर्ति हुन नेपाली सुरक्षाकर्मीले जागिरै छाडे !


बुधबार, मंसिर २० २०८०
1.6K
Shares

काठमाण्डौ । गैरकानुनी रूपमा नेपाली युवालाई रूसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूस–युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

उनीहरूमध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र ईश्वरी अधिकारी प्रमुख व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले १८ जना पठाएको र ११ जनालाई पठाउने क्रममा रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए ।

एसएसपी खत्रीका अनुसार विश्वकर्मा पूर्व सैनिक हुन् । सुजाता दाहालले कन्सल्टेन्सी खोलेरै युवालाई रूस पठाउने गरेकी र उनको समूहमा पाँच जना रहेको प्रहरीले जनाएको छ । रूसी सेनामा पूर्व सुरक्षाकर्मीको माग धेरै रहेको र कतिपय सुरक्षाकर्मी समेत जागिर छाडेर जाने तयारीमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुजाता दाहालको कार्यालयबाट रुस पठाउने भनेर विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको १४ लाख १८ हजार पाँच सय रुपैयाँ र २७ जनाको राहदानी बरामद गरेको छ । यस्तै ईश्वरी अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ र १६ जनाको राहदानी पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार