काठमाडौँ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणको पत्रको जवाफ दिएको छ । जवाफमा नेपालको कानूनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।
यस अघि एनसेल आजियाटाले स्वीकृति नलिइ शेयर खरिद बिक्री सम्झौता भएकोमा प्राधिकरणले शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोमा कानूनको पालना भए नभएको बारेमा जानकारी माग गरेको थियो ।
जवाफमा एनसेल आजियाटाले नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउदै कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद विक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युकेका बिच शेयर खरिद विक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू सङ्कलन भैरहेको जनाएको छ ।
पत्रमा कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरूक र कटिबद्ध रहेकोले द्विपक्षीय सम्झौता लगायतका कागजात सङ्कलन हुनासाथ प्राधिकरण समक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने पनि कम्पनीले पत्रमा उल्लेख गरेको छ
यस्तो छ एनसेल आजियाटाले दूरसन्चार प्राधिकरणलाइ पठाएको पत्र: