काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलसंगैको कारखानामा छापा मारेर प्रहरीले झण्डै ८ किलो सुन बरामद गरेको छ ।
तस्करीको सुन गालेर गहना बनाई बेच्ने गरेको सुचनाका आधारमा गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर न्युरोडको ओमपाल गोल्ड शप संगैको कारखानाबाट ७ किलो ८ सय ग्राम सुन बरामद गरी संचालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको हो ।
बरामद भएका सुनमध्ये केही बिस्कुट आकारका छन् भने केही गहना बनाइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।