• शनिबार, साउन ९ २०८३

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


बुधबार, मंसिर २० २०८०
1.6K
Shares

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ५१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६९ रुपैयाँ तोकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार