• शनिबार, साउन ९ २०८३

सडक आयोजनको काम अलपत्र पार्ने ८ ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित)


बुधबार, मंसिर २० २०८०
1.6K
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यलयले ८ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यलयले मंगलबार एक सूचना जारी गर्दै विभिन्न सडक आयोजनको काम अलपत्र पार्ने ८ वटा निर्माण कम्पनीलाई ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको जनाएको हो।

सडक विभाग अन्तर्गतको मध्यपहाडी राजमार्ग निर्देशनालयको फिदिम पाँचथरमा निर्माणाधिन दुई वटा सडक खण्डको काम अलपत्र पार्ने भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धि साई प्रकाश कन्स्ट्रक्सन जेभी कालोसूचीमा परेका छन्।

यस्तै, यसै आयोजनाको अर्को खण्डको सडक निर्माण गरिरहेको मैनाचुली र सिद्धि साई जेभी र गाउँपालिकाहरुको काम अलपत्र पार्ने शेर्पा कन्स्ट्रक्सन, हेना कन्स्ट्रक्सन र सनामी कन्स्ट्रक्सन, कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा इजोन निर्माण सेवा पनि कालोसूचीमा परेका छन्।

यी कम्पनीहरुले अबको १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक काममा ठेक्का लिन पाउने छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार