• शनिबार, साउन ९ २०८३

सुनको भाउ एकै दिन २ हजार ४०० ले घट्यो, आजकाे मुल्य कति ?


मंगलबार, मंसिर १९ २०८०
1.8K
Shares

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार