• शनिबार, साउन ९ २०८३

टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै


मंगलबार, मंसिर १९ २०८०
1.6K
Shares

काठमाडौँ- टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ । सर्वोच्च अदालतमा चार वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो ।

यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार