गोरखा । कोरोना संक्रमितलाई बोक्ने एम्बसलेन्स चालकलाई गोरखामा प्रोत्साहन भत्ता दिइने भएको छ । संक्रमितलाई घर वा क्वारेन्टिनबाट आइसोलेसनमा लैजाने एम्बुलेन्स चालकलाई प्रोत्साहन भक्ता दिइने भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखाकाे आयाेजनामा बसेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा व्यवस्थापनको लागि गठित कमाण्ड पोष्ट र क्रासिस म्यानेजमेन्ट सन्टेर (सिसिएमसी) को बैठकले उनीहरुका लागि प्रोत्साहन भत्ता दिन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसरी संक्रमितलाई ओसार्ने चालकलाई भाडामा अतिरिक्त २ हजार ५ सय रुपैया नघट्ने गरी भत्ता दिन बैठकले स्थानीय तहलाई सिफारिस गरेको कार्यालयका प्रशासकिय अधिकृत हर्क राेकाले बताए ।
त्यस्तै उनिहरुलाई आवस्यक स्वास्थ्य सुरक्षाका सामाग्री समेत प्रदान गर्न बैठकले आग्रह गरेको छ । गोरखामा हालसम्म २४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । उनिहरुलाई गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ ।