• शनिबार, साउन ९ २०८३

साउदीका विभिन्न ठाउँमा इ–पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गरिने


सोमबार, मंसिर १८ २०८०
1.5K
Shares

काठमाडौं । साउदी अरबका विभिन्न स्थानमा इ–पासपोर्ट नवीकरण क्याम्पस सञ्चालन गरिने भएको छ । नेपाली कन्सुलेट जनरल जेद्दा साउदी अरबले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा नवीकरण क्याम्प सञ्चालन गर्न लागेको हो । मंसिर २२ गते (८ डिसेम्बर २०२३) मा ताबुक तथा सो वरपरका क्षेत्रका लागि इ–पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गर्न लागिएको हो ।

इ–पासपोर्ट नवीकरणका लागि अनलाईन÷प्रि–इनरोलमेन्ट फाराम (फाराम भर्दा ३४ पानाको भर्नुपर्ने), सक्कल राहदानी र सोको प्रतिलिपि, नागरिकताको प्रतिलिपि (उपलब्ध भएमा सक्कल समेत) पेश गर्नुपर्नेछ ।

राहदानी नवीकरण दस्तुरका लागि २०० साउदी रिलय दस्तुर लाग्नेछ । हराएको÷बिग्रिएको÷च्यातिएको राहदानी नवीकरणका लागि भने ४०० साउदी रियल दस्तुर लाग्ने नेपाली कन्सुलेट जनरलले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार