• शनिबार, साउन ९ २०८३

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु


सोमबार, मंसिर १८ २०८०
2.4K
Shares

तेलंगाना भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको हाे ।

विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो ।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार