• शुक्रबार, साउन ८ २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने संस्थाहरूले पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने


सोमबार, मंसिर १८ २०८०
1.8K
Shares

काठमाण्डाै । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुले पुस मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने भएको छ । १५ हजार रुपैयाँ नवीकरण दस्तुर तिरेर पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नवीकरणको लागि निवेदन दिँदा  सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो नवीकरण भएको भए त्यस प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालन स्वीकृतिको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समेत पेस गर्नुपर्नेछ। नाम वा ठेगाना परिवर्तन गरेको भए सम्बन्धित निकायबाट त्यसको स्वीकृति प्राप्त गरेको पत्रको प्रतिलिपि पेस गर्न मन्त्रालयले भनेको छ ।

तोकिएको सर्तहरू पूरा नगरिएको खण्डमा नवीकरण नगर्ने र कारोबार रोक्का गरिने मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार