• शुक्रबार, साउन ८ २०८३

स्वास्थ्य बीमा: चार महिनामा ३ अर्ब १६ करोड दाबी भुक्तानी

दुई किस्तामा गरेर साे रकम भुक्तानी


आइतबार, मंसिर १७ २०८०
2.6K
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य स‌ंस्थालाई चालू आर्थिक वर्षको पहिलो चार महिनामा बोर्डका स्वास्थ्य सेवा प्रदायक स‌ंस्थालाई ३ अर्ब रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरेको छ। बोर्डले असोज २ गते र कात्तिक १ गतेको निर्णयको आधारमा स्वास्थ्य स‌ंस्थालाई ३ अर्ब १६ करोड ३ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो।

बोर्डका अनुसार दोश्रो किस्तावापत ३३८ वटा स्वास्थ्य स‌ंस्थालाई कूल १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। बोर्डले कात्तिक १ गतेको निर्णयका आधारमा देशभरका ३३८ स्वास्थ्य स‌ंस्थालाई दाबी भुक्तानीवापतको दोश्रो किस्ताको रकम सोध भर्ना गरेको हो । यसअघि ३३६ स‌ंस्थालाई गत असोज २ गते  कूल १ अर्ब ४६ करोड ३८ लाख ५१ हजार रुपैयाँ सोधभर्ना गरिएको थियो ।

बोर्डले निजी क्षेत्रबाट सञ्चालित अस्पताल र शिक्षण अस्पतालबाहेक सामुदायीक तथा सरकारी स्वास्थ्य स‌ंस्थाहरूबाट मात्र चालू आवदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई उपचार सेवा प्रदान गरिरहेको छ। कार्यक्रम अन्तर्गत सहभागी स्वास्थ्य स‌ंस्थाहरूले बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने सेवाग्राहीको औषधी उपचारपछि सोवापतको खर्च रकम बोर्डसँग सोधभर्ना माग्ने गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार