• शनिबार, साउन ९ २०८३

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह


आइतबार, मंसिर १७ २०८०
1.6K
Shares

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोगले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विश्वले हरेक वर्ष तीन डिसेम्बरको दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानुन र नीतिहरूले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुने आयोगको भनाइ छ ।

NHRC Nepal Press Rlelease-2080-8-17

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार